Logo

जनकपुरमा पैसा फाल्दै हिड्ने महिला पक्राउ



Spread the love

६ वैशाख, जनकपुर – जनकपुरको सडकमा पैसा फाल्दै हिड्ने महिललाई प्रहरीले पक्राउ गरेको छ । धनुषा प्रहरीले शुक्रबार बाटोमा पैसा फाल्दै हिड्ने २ महिलालाई नै प्रकाउ गर्न सफल भएको ।

जनकपुर ४ स्थित महावीर चोकमा पैसा फाल्दै हिड्ने २ महिलाई प्रहरीले २४ घण्टा भित्रै समात्न सफल भएको हो ।

शुक्रकार दिउसो महावीर चोकका सडक र केही पसलमा समेत २ महिलाले पैसा फाल्दै हिडेपछि स्थानीयमा त्रास छाएको थियो ।

स्थानीयबासीले महिलाले बाटोमा पैसा फाल्दै हिडेको घटना प्रहरीलाई बताएपछि प्रहरी अनुसन्धानमा लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीका अनुसार बाटोमा पैसा फाल्ने महिला प्रकाउ गरिएको र अब आवश्यक अनुसन्धान अगाडी बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्