Logo

धनगढीमा कोरोना उपचाररत युवकको दोश्रो रिपोर्ट नेगेटिभ



Spread the love

६ वैशाख, धनगढी – धनगढीको लम्कीचुहामा उपचाररत कोरोना संक्रमित युवाको दोश्रो रिपोर्ट नेगेटिभ आएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षिय युवाको दोश्रो रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिए ।

दोश्रो रिपोर्टमा नेगेटिभ देखिए पनि उनको अर्को एउटा रिपोर्टपछि मात्रै डिस्चार्ज हुनेछन् । २४ घण्टाभित्रै अर्को रिपोर्टमा पनि नेगेटिभ देखिए मात्र उनलार्इ डिस्चार्ज गर्न सकिने डाक्टर जोशीले बताएका छन् ।

उनीसँगै टेस्ट गरीएका सुदूरपश्चिम प्रदेशका अन्य ४ को भने रिपोर्ट पोजेटिभ नै देखिएको छ ।

यो पनि पढ्नुहोस् : कोरोना जितेर घर फर्किइन नेपालकी दोश्रो संक्रमित युवती

प्रतिक्रिया दिनुहोस्