Logo

कोरोना जितेर घर फर्किइन नेपालकी दोश्रो संक्रमित युवती



Spread the love

६ वैशाख, काठमाडाैँ – नेपालमा कोरोनाबाट मुक्त हुँदै एक युवति घर फर्किएकी छन् । आज उनी टेकु अस्पतालबाट डिस्चार्ज हुँदै घर फिर्ता भएकी हुन् ।

दोश्रो संक्रमित युवती

चैत ४ गते फ्रान्सबाट कतारको दोहा ट्रान्जिट हुँदै नेपाल आएकी १९ वर्षीया युवति नेपालमा भेटिएको दोश्रो कोरोना संक्रमित हुन् । उनी चैत ९ गते राती टेकु अस्पताल भर्ना भएकी थिइन्।

चैत ४ गते नेपाल आएपछि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

टेकु अस्पतालमा २७ दिन बसेर कोरोनालाई जित्दै उनी घर गएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीले बताए ।

ती युवती नेपालमा कोरोना संक्रमित दोश्रो व्यक्ति हुन् भने उपचारपछि घर फर्किने पनि दोश्रो नै हुन् । नेपालमा ३० जना कोरोना संक्रमित भएकोमा २ जना निको भएर घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस्