Logo

१२ जना कोरोना संक्रमित विराटनगरको कोरोना विशेष अस्पतालमा



Spread the love

काठमाडौँ । एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली कोरोना संक्रमितलाई प्रदेश नं १ सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ ।

१२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि मस्जिदमा रहेका १६ जनालाई नै अस्पताल पठाइएको थियो। अस्पतालले संक्रमित भएकालाई मात्र भर्ना गर्नुपर्ने भनेपछि बाँकी चारजनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा पठाइएको छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्