Logo

भाइरस भन्दा यशु ठूलो भन्ने पास्टरकोे परिवारलाई नै कोरोना संक्रमण



Spread the love

एजेन्सी । भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर बिसोफ जेराल्ड ग्लेनको कोरोना भाइरसका कारण गत आइतबार निधन भएको थियो । अहिले जेराल्ड ग्लेनका चार आफन्तमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

ग्लेनले कोरोना भाइरसको महामारी चलिरहेका बेला पनि मानिसहरु भेला गरेर प्रार्थना गरिरहेकै थिए । ‘यो डरलाग्दो भाइरसभन्दा भगवान् (यशु) ठूलो हुनुुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ,’ २२ मार्चमा उनले प्रार्थनाका कारण आफ्नो मन्तव्य राख्दै भनेका थिए ।

छोरी मार्जेरी, उनका श्रीमान्, उनकी आमा र बहिनीमा पनि कोरोना संक्रमण भेटिएको छ । महामारीका बाबजुद चर्चको सेवा सञ्चालन गरिरहने आफ्नो बाबुको निर्णयको उनले बचाउ गरिन् । उनले भाइरसको बास्ता नभएको भन्दै आफ्ना बाबुमाथि अनावश्यक आलोचना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्