Logo

एकैदिन थप २७ सहित बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमण



Spread the love

५ वैशाख, काठमाडौं । बहराइनमा एकैदिन थप २७ सहित ४९ नेपालीमा कोरोना संक्रमण भएको छ । बहराइनस्थित नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको विज्ञप्ति जारी गरि पुष्टि गरेको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । यसअघि बहराइनमा २२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

दूतावासले बहराइनमा मृत्युदर कम भएको र उपचार पनि राम्रो भएकाले कसैलाई पनि नआत्तिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्