Logo

नेपालमा कोरोना संक्रमित ३० जना मध्य १५ जना भारतीय नागरिक



Spread the love

५ वैशाख, काठमाडौँ । नेपालमा एकै दिन नयाँ १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनमा २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

बेलायतबाट हङकङ हुँदै नेपाल आएका चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै, उदयपुरमा भेटिएका १२ जना भारतीय नागरिक रहेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन्।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । यसअघि १६ जनामात्र संक्रमण देखिएको थियो । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । संक्रमित हुने १५ जना भारतीय नागरिक रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्