Logo

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो



Spread the love

५ वैशाख, काठमाडाैँ – नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार मात्रै १४ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ३० पुगेको हो ।

हालको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० पुगेकोमा आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | जस मध्ये उदयपुर जिल्लाका १२ वटा नयाँ केश थपिएका छन् । उदयपुरका १२ जना संक्रमित ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षिय पुरूष रहेका छन् ।

त्यसैगरी चितवनका २७ वर्षिय र ६३ वर्षिय पुरूषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित

नेपालमा कोरोना संक्रमित ३० जना मध्य १५ जना भारतीय नागरिक

प्रतिक्रिया दिनुहोस्