Logo

निको भएकाहरुमा फेरी देखियो कोरोना संक्रमण



Spread the love

एजेन्सी। एकपटक कोरोना संक्रमणमुक्त भएका मानिसमा पुन: भाइरसको संक्रमण देखिएपछि रोग नियन्त्रणमा झनै चुनौति थपिएको छ । यस्तो संख्या निकै कम छ, तर बढ्दो क्रममा रहेको दक्षिण कोरियाली अधिकारीहरु बताउछन् ।

विज्ञहरुका अनुसार पुन संक्रमण, रिल्याप्स र अस्थिर परीक्षण यसका मुख्य कारण हुनसक्छन् । रोग नियन्त्रण तथा रोकथामका लागि कोरिया केन्द्रका अनुसार बिहीबार दक्षिण कोरियामा कोरोनामुक्त भइसकेका १ सय ४१ जनामा फेरि संक्रमण भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्