Logo

अमेरिकाद्वारा भारतलाई कोरोना विरुद्ध लड्नको लागि ५९ लाख डलरको सहयोग



Spread the love

एजेन्सी । अमेरिकाले कोरोना विरुद्धको लडाइँको लागि भारतलाई करिब ५९ लाख डलरको सहयोग गरेको छ ।

Donald Trump India Visit Indo US trade deal likely to be sealed

भारतीय विदेशी विभागका अनुसार यस धनराशिलाई प्रभावित मानिसको हेरचाह, समुदायलाई आवश्यक पर्ने जनस्वास्थ्य सन्देश दिन र यस भाइरस फैलिनबाट रोक्नको लागि उक्त धनराशिको प्रयोग हुँदैछ । यसै गरी आपतकालीन तयारीको लागि पनि गरिनेछ ।

अमेरिकाले भारतमा गएको २० वर्षमा करिब २.८ अर्ब डलरको सहयोग गरेको छ । जसमा १.८ अर्ब डलरभन्दा बढीको स्वास्थ्य सहायता सामेल छ । अमेरिकामा कोरोना भाइरसको कारणले गर्दा ३२ हजारभन्दा बढीको ज्यान गईसकेको छ । जोन होपकिङ्स विश्वविद्दालयबाट प्राप्त आंकडा अनुसार गएको २૪ घण्टामा ૪, ૪९१ जनाको ज्यान गएको छ । अमेरिकामा संक्रमितको सङ्ख्या साढे छ लाख कटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्