Logo

मतभेद हुँदा ब्राजिलमा राष्ट्रपतिद्वारा स्वास्थ्यमन्त्री बर्खास्त



Spread the love

एजेन्सी । विश्वभर सन्त्रास फ़ैलाईरहेको कोरोनाभाइरस रोक्ने बिषयमा जारी मतभेदबीच ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुईज हेनरिक मनडेटालाई पदबाट बर्खास्त गरेका छन् ।

स्वास्थ्यमन्त्रीले एक टेलिभिजन कार्यक्रममा कोरोनाभाइरसको यो संकटका बेला यसलाई रोक्न नदिन सरकारले एकजुट भएर हरेक मुश्किलको सामना गनुपर्ने बताएका थिए । तर, उनको यो बयानलाई खुल्ला रुपमा राष्ट्रपतिले आलोचना गरेका थिए ।यी दुई नेताबीचको मतभेद आइतबार सार्वजनिक भएको थियो ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ब्राजिलमा हालसम्म १९ सय ४७ जनाको मृत्यु भएको छ भने हालसम्म कूल ३० हजार ६ सय ८३ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्