Logo

छिमेकीमाथि गोली प्रहार हुँदा अर्का छिमेकी भिडियो बनाएर आनन्द लुट्नमै व्यस्त !



Spread the love

एजेन्सी । ६० वर्षीया एक महिलालाई भारतको उत्तर प्रदेशमा गोली प्रहार गरि हत्या गरिएको छ । चिन्ताजनक बिषय त छिमेकीहरूले उक्त घटना भएको देख्दा देख्दै महिलालाई सहायता नगरी घटनाको भिडियो खिचि बसे । महिलाले सहयोका लागि पुकार गर्नुको बाबजुद पनि कोही आएन । उल्टै भिडिओ बनाएर आनन्द लुटी बसेका थिए।

गोली हान्ने मोनु नामक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्याको भिडियो खिच्ने छिमेकीहरूका विरुद्ध कानूनी कारवाही गरिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्