Logo

हरारी र याहवद्वारा डब्ल्यूएचओलाई दश लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा



Spread the love

प्रसिद्ध लेखक तथा इतिहासकार युवल हरारी र उनका साथी इत्जिव याहवले विश्व स्वास्थ्य संगठनलाई १० लाख डलर सहयोग गर्ने घोषणा गरेका छन् । हरारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्व स्वास्थ्य संगठनलाई दिने अनुदान कतौटी गरेको प्रतिक्रिया स्वरुप हरारी र उनका साथीले दश लाख अमेरिकी डलर दिने घोषणा गरेका थिए ।

हरारीले ट्विट गर्दै सामाजिक कल्याणकारी संस्था सेपियन्सशीपको तर्फबाट डब्ल्यूएचओलाई दश लाख डलर दिने घोषणा गरेका हुन् ।

उनीहरुले संसारभरबाट सबैले सहयोग गर्नको लागि अपिल गरेका छन् ।

  • एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्