Logo

कोरोना संक्रमणको ‘रेड जोन’ मा भारतको प्रमुख शहरहरु



Spread the love

एजेन्सी । भारतको प्रमुख ६ शहर कोरोनाभाइरस संक्रमणको ‘रेड जोन’मा परेको छ । भारत सरकारले मंगलबार जारी गरेको निर्देशिकामा संक्रमणको तहको आधारमा छ वटै शहरलाई ‘रेड जोन’मा राखिएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार देशका १७० जिल्लालाई ‘रेड जोन’मा परेको छ । २०७ जिल्ला उच्च निगरानीमा छन् । दिल्ली र मुम्बई बाहेक चेन्नई, बैंग्लोर, कलकत्ता र हैदराबादलाई ‘रेड जोन’मा राखिएको छ । यी शहरस्थित प्रमुख औद्योगिक उत्पादन क्षेत्र समेत ‘रेड जोन’मा राखिएको हो ।‘रेड जोन’ले संक्रमणको सबैभन्दा बढी जोखिममा रहेको क्षेत्र देखाउँछ ।

भारतमा ७२० जिल्ला मध्य ४२० जिल्लामा कोरोनाको संक्रमण पाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोना संक्रमितको संख्या करिब १४ हजार पुगेको छ । १० हजार ४७७ जनामा कोरोनाभाइरसको संक्रमण सक्रिय पाइएको छ । ४१४ जनाको संक्रमणपछि मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्