Logo

असक्षम र विज्ञानलाई अस्वीकार गर्ने पुरुषहरूकै कारण कोरोना भाइरस खतरनाक बन्दै !



Spread the love

एजेन्सी । कोरोना भाइरसको कारण अहिले विश्वभर १९ लाख ८० हजारभन्दा धेरै मानिस भाइरसबाट संक्रमित भइसकेका छन् भने एक लाख २६ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

देशमा कोरोना संक्रमण फैलिन नदिनका लागि दक्षिण कोरियाका राष्ट्रपति मोन जे इनले चालेको कदम निकै सराहनीय छ । जसका कारण उनले अहिले चौतफी वाहवाही बटुल्न सफल भएका छन् । तर, अरु राष्ट्रहरुमा विज्ञानलाई अस्वीकार गर्ने पुरुषहरुले गर्दा नै कोरोनाभाइरस दिनानुदिन खतरनाक महामारीको रुप लिइरहेको छ ।

अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ६ लाख नाघेको छ ।साथै अमेरिकामा समग्र मृत्यु हुने मानिसको संख्या पनि २५ हजार ९८१ पुगेको छ । सीएनएनका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा दुई हजार १२९ भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क राज्यमा मात्र संक्रमितको संख्या दुई लाख नाघिसकेको छ भने यो राज्यमा १० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुवातमा भाइरसलाई ‘हौवा’ भन्दै डेमोक्रेटिक पार्टीले यसलाई राजनीतिक गरेको आरोप लगाउँथे । उनले महिनौँसम्म शीर्ष वैज्ञानिकहरुले दिएको चेतावनीलाई बेवास्ता गरे । जसले गर्दा अहिले त्यहाँ ६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने २५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

त्यस्तै , बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि जनस्वास्थ्यको समस्यालाई नकार्दै अन्य देशमा लकडाउन लागू भइसक्दा पनि लामो समयसम्म सामाजिक जमघटमा प्रतिबन्ध लगाएनन् । यतिबेला कोरोना भाइरसको संक्रमणबाट  बेलायतमा मृत्यु हुनेको संख्या १२ हजारभन्दा नाघेको छ । उनले रिपोर्टरहरुलाई भन्दै थिए – मलाई भाइरसले अस्पतालका रोगीहरुसँग हात मिलाउन रोक्दैन ।

अहिले नै कुन नेताले कोरोनाभाइरसको नियन्त्रणमा उचित कदम चाले भन्ने यकिन गर्न सकिने अवस्था भने छैन ।

प्रतिक्रिया दिनुहोस्