Logo

बच्चाहरुलाई कोरोना भाइरसको बारेमा कसरी बताउने ?



Spread the love

कोरोना भाइरसको सन्त्रास विश्वभर फैलिसकेको छ । दिनप्रति दिन नराम्रा खबरहरु सुन्नमा आई रहेका छन् । मानिसहरु तनावपूर्ण स्थितिमा रहेका छन् । यसमा बच्चाहरु पनि सामेल छन् । यस्तो मुस्किल अवस्थामा बच्चाहरुलाई कसरी भाइरसको बारेमा बताउने ? आउनुहोस् , यस बारेमा छलफल गरौँ ।

सांकेतिक तस्बिर

बेलायतकी डाक्टर पुनम कृष्णन भन्छिन्,”तपाईंले आफ्ना बच्चाको चिन्ता दुर गर्नु पर्ने हुन्छ । उसलाई बताउनु पर्छ कि कोरोना भाइरस त्यस्तै भाइरस हो जसले खोकी, ज्वरो, वान्ता आउँदा हमला गर्दछ । ” पुनमका अनुसार भाइरसको बारेमा बच्चाहरुसँग खुलेर इमानदारका साथ कुरा गर्नु पर्दछ ।

बच्चाको मनोचिकित्सक डाक्टर रिचर्ड वुल्फसन बच्चाको उमेर अनुसार भाइरस जस्तो विषयमा कुरा गर्नु राम्रो हुने मान्छन् । डाक्टर वुल्फसन भन्छन्,”साना बच्चा खास गरी छ या सात वर्षभन्दा कम बच्चाहरु अासपासमा हुने यस्ता खालका चर्चाबाट चाँडै रिसाउँछन् । किनभने उनीहरुका आमाबुवा पनि उनीहरुको आसपासमा यहीं विषयमा आधारित भई कुरा गर्दछन् । बच्चाको लागि यी सब डरलाग्दा विषय हुन् । सबैभन्दा पहिला आफ्ना बालबालिकालाई आश्वान दिनुहोस् । तपाईंलाई भविष्यमा के हुने हो थाहा नभए पनि बालबालिकाको लागि सबै कुरा ठिक हुने बताउनुहोस् ।”

डाक्टर वुल्फसन थप्छन्,”बच्चाहरुलाई भरोसा मात्र दिएर हुँदैन । तपाईंहरुले उनीहरुलाई सशक्त बनाउनु पर्दछ । उनीहरुलाई बताउनु पर्दछ कि यस्तो खालको कदम उठाउँदा संक्रमणको खतरा टार्न सकिन्छ । यसका साथै उनीहरुलाई विश्वस्त तुल्याउनु पर्दछ कि खतरा टार्ने काम उनीहरुकै हातबाट हुन्छ ।”

संक्रमणबाट बच्नको लागि बच्चाहरुलाई नियमित रुपमा सरसफाइ गर्न सिकाउनु पर्दछ । यसका साथै उनीहरुलाई हात धुने तरिका पनि सिकाउनु पर्दछ ।

साना बच्चाहरुमा प्राकृतिक रुपबाट नै धेरै कौतुहलता हुन्छ । उनीहरु प्रश्न सोधिरहन्छन् । उनीहरु वस्तु छुन्छन् र खाना र पानी अरुसँग सेयर गरेर खान्छन् । बच्चाबाट संक्रमण सजिलै फैलिन्छ । बच्चाहरुलाई सरसफाइ गर्ने असरदार तरिका सिकाउनु पर्दछ ।

बच्चाको चिन्ता बढाउने सबैभन्दा ठुलो माध्यम उनीहरुका बाउआमा नै हुन सक्छन् । धेरै जसो साना बच्चाहरु आमाबुवाबाट बढी प्रभावित हुने गर्दछन् । यदि आमाबुवाले आफ्ना नातेदार अथवा साथीहरुसँग तनावपूर्ण कुरा गरेको थाहा पाए बच्चाहरु पनि दुखीत हुन्छन् । अभिभावकले आफ्ना बच्चाहरुको साथमा छँदा संयमित भई कुराकानी गर्नु पर्दछ ।

किशोरसँग कुरा कसरी गर्ने ?

डाक्टर वुल्फसनका अनुसार किशोरावस्थामा बच्चाहरुको आफ्नै नेटवर्क हुन्छ । उनीहरु आमाबुवाभन्दा आफ्ना साथीहरुलाई बढी विश्वास गर्दछन् तर उनीहरु धेरै व्यवहारिक हुँदैनन् । जस कारणले गर्दा किशोरावस्थाका बच्चाहरुसँग संवाद गर्न गाह्रो हुन्छ । तर किशोरावस्थाका बालबालिकाहरुलाई खुला वातावरण दिईयो भने बुझाउन सकिन्छ । जुनसुकै उमेरका बच्चा भएपनि उनीहरुले वातावरण अनुसार प्रतिक्रिया जनाउने गर्दछन् । त्यसैले बालबालिकालाई नटोकिन स्वतन्त्र रुपले सिकाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्