Logo

महामारीको बेलामा फण्ड रोक्नु ठिक हुँदैन- यूएन



Spread the love

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनलाई सत्य लुकाएको भन्दै फण्ड रोक्ने घोषणा गरेका थिए ।

अमेरिकी राष्ट्रपतिले उठाएको यस विषयमा बोल्दै यूएनले महामारीको यस्तो बेलामा फण्ड रोक्नु ठिक नहुने बताएको छ । संयुक्त राष्ट्र संघका सचिव एण्टोनियो गुटारेसले भने,” मलाइ लाग्छ कि विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्नु पर्दछ किनभने कोरोनाविरुद्धको लडाइँ जित्नु निकै चुनौतीपूर्ण काम हो ।

डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले सही तरिकाले काम नगरेको आरोप लगाइ फण्डमा कटौती गर्ने बताएका छन् । महामारीको बेलामा यस्तो गर्नु ठिक हुँदैन ” मंगलबार ट्रम्पले विश्व स्वास्थ्य संगठनले सही तथ्य लुकाएको आरोप लगाएका थिए । यसभन्दा अगाडि उनले विश्व स्वास्थ्य संगठन चीनको पक्षमा रहेको पनि आरोप लगाएका थिए । अमेरिकाले पत्येक वर्ष ૪०० देखि ५०० मिलियन डलर विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्