Logo

एकबेला खुबै आतंक मच्याएको चर्चित ध्रुवे हात्ती अहिले प्रेमलिलामा



Spread the love

३ वैशाख, काठमाडाैँ – एक समय आतंक मच्चाएर चर्चामा आएको ध्रुवे हात्ती यतिबेला प्रेमलिलामा रम्न थालेको छ । ध्रुवे मार्नका लागि एक समय स्थानीय सहित सिंगो राज्य नै लागे पनि सकेनन् ।

कोरोना महामारीले विश्वका धेरै मुलुकमा लगडाउनको स्थिति हुँदा ध्रुवे भने प्रेमलिलामा रमाउन थालेको छ ।

प्रजनन् केन्द्रका प्रमुख बुधन चौधरीले बताए अनुसार सोमबार साँझ ध्रुवेको कर्णालीकलीसँग रोमान्स चलेको थियो ।

ध्रुवे हात्तीले २०६६ सालदेखि ४ वर्षमा १५ जनाको ज्यान लिएको थियो । सोही समयमा ध्रुवेले स्थानीयका ५० घरमा पनि क्षति पुर्याएको थियो । त्यही कारण ध्रुवेलाई मार्न टोली परिचालन गर्दा ध्रुवे नै गायव भयो ।

अहिले पुरोनो आतंक छोडेर प्रेमीको रूपमा फर्किएको छ ध्रुवे । पहिले निकुञ्जको पश्चिमी क्षेत्रमा प्राय देखिने ध्रुवे अहिले पुर्वी क्षेत्रमा देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्