Logo

देश विकास गर्न विक्रम सम्वत् हटाएर इस्वी सम्वत् कामकाजी बनाऊँ : डा. भट्टराई



Spread the love
डा. बाबुराम भट्टराईले गरेको ट्वीट

२ वैशाख, काठमाडाैँ – नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विक्रम सम्वत् हटाएर इस्वी सम्वत् कामकाजी बनाउनु पर्ने बिचार व्यक्त गरेका छन् ।

उनले ट्विटरमा एक पोस्ट गर्दै इस्वीलाई कामकाजी र विक्रमलाई साँस्कृतिक सम्वत् बनाउने विचार व्यक्त गरेका हुन् ।

उनले गरेको ट्विटमा लेखेका छन्, “नुनको ढिको नफोराैं, अलिनो पनि नखाउँ; मासु खाउँ तर रगत नबगाउँ! नेपाल विश्वमा पछाडी परेको यस्तै गलत सोंचले हो। संसारसँग पदचाँप मिलाएर देशको विकास गर्न इस्वी सम्वतलाई कामकाजी र नेपाल तथा विक्रम सम्वतलाई साँस्कृतिक सम्वत बनाउँ ।”

उनले सोही ट्वीटमा खोक्रो राष्ट्रवाद जगाएर देश कंगाल हुनबाट रोक्नुपर्ने समेत विचार राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्