Logo

अर्थमन्त्रीका छोरा भन्छन् : बुवा सनसिटी आउनुभएको थिएन



Spread the love
फाइल तस्बिर

वर्तमान अर्थमन्त्री युवराज खतिवडाका छोरा तिलक खतिवडाले आफ्ना वुबा पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा नगएको बताएका छन् ।

सो अपार्टमेन्टमा बस्ने ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको र अर्थमन्त्री खतिवडा पनि केही दिन पहिले त्यहाँ गएको भन्ने समाचारको खण्डन गर्दै उनले सो कुरा बताएका हुन् ।

सो अपार्टमेन्टमा गत चैत ८ गते हाउजिङ वेलफेयर सोसाइटिको चुनाव भएको थियो भने तिलक खतिवडा उक्त चुनावबाट सोसाइटिको सचिवमा निर्वाचित भएका थिए । खतिवडाले चैत ८ गतेको चुनाव सोसल डिस्टेन्स कायम राखी भएको र उपस्थित सबैले स्यानिटाइजर लगाएको पनि बताएका छन् ।

अर्थमन्त्रीका छोरा तिलकले लकडाउनको घोषणा भएदेखि बवासँग भेट नै नभएको पनि बताएका छन् ।

सनसिटीमा २ सय ५० जनाको सहभागीतामा चैत ८ गते चुनाव भएको र सो चुनावबाट तिलक खतिवडा निर्वाचित भएपछि युवराज खतिवडा बधाई दिन त्यहाँ पुगेको भन्ने खबर प्रकाशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्