Logo

धोनी अझै पनि २,३ आईपीएल प्रतियोगिता खेल्न सक्छन् – भीभिएस लक्ष्मण



Spread the love

एजेन्सी । भारतीय टिमका पूर्व क्रिकेट खेलाडी भीभिएस लक्ष्मणले धोनीले चेन्नई सुपर किङ्ग्सबाट अझै पनि २, ३ आईपीएल प्रतियोगिता खेल्न सक्ने बताएका छन् ।

लक्ष्मणले एक च्यानल सोमा बोल्दै भने, “मलाइ लाग्छ कि चेन्नईबाट खेल्नको लागि उनको लागि सही होला किनकी उनी फिट छन् । उनी शारीरिक रुपबाट नभई मानसिक रुपबाट पनि फिट रहेका छन् ।” “मलाइ थाहा छ कि तपाईंहरु धोनीले खेलेको हेर्न चाहनु हुन्छ । उनले एक आईपीएल मात्र नभई आगामी २, ३ आईपीएल पनि खेल्न सक्छन्,” लक्ष्मणले थपे ।

धोनीले गएको सालको एकदिवसीय विश्वकपपछि कुनै पनि खेल खेलेका छैनन् । धोनीलाई लिएर धेरैले टिकाटिप्पणी गरिरहेका छन् । कसैले उनलाई लिएर उनले चाँडै सन्यास लिने अनुमान गरेका छन् भने कसैले अझै पनि उनी खेल्न सक्ने बताएका छन् ।

कोरोनाले गर्दा आईपीएल प्रतियोगिता कहिले हुने हो यस बारेमा केही पत्तो लागेको छैन । कोरोनाले गर्दा टोकियो ओलम्पिक र बिम्बलडन रोकिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्