Logo

लकडाउनपछि बिग्रिएको स्थितिलाई सम्हाल्न नसक्दा टर्कीका गृहमन्त्रीले दिए राजीनामा



Spread the love

एजेन्सी । लकडाउन लागू गर्न असफल भएपछि टर्कीका गृहमन्त्री सुलेमानी सोयलुले आफ्नो पदबाट राजीनामा दिएका छन् । टर्कीका सबै ३१ शहरमा लकडाउन घोषणा गरिएको थियो तर घोषणालगत्तै तनावग्रस्त अवस्था सिर्जना भयो ।

त्यहाँको सरकारले शुक्रबार राति ४८ घण्टाको लकडाउन घोषणा गरेको थियो । लकडाउनको घोषणालगत्तै मानिसहरु सामान खरिद गर्नका लागि हुल बाधेर निस्कन थालेसंगै तत्काल कर्फ्यू लागू गरेपछि सर्वसाधारण र विपक्षी नेताले भयंकर आलोचना गर्न थालेका थिए ।

गृहमन्त्री सुलेमानले यस्तो स्थितिको पूर्ण जिम्मेवारी लिँदै ट्वीटरमा आफूले राजीनामा दिएको घोषणा गरे । सुलेमानीले ट्वीटरमा लेखे,‘मैले जनताको सुरक्षाका लागि निर्णय लिएको थिएँ । यो संक्रमण रोक्नका लागि थियो ।’

प्रतिक्रिया दिनुहोस्