Logo

जथाभाबी लकडाउन तोड्दै हिड्ने समूहले नै काटिदियो प्रहरी असईको हात



Spread the love

एजेन्सी । लकडाउन तोड्दै हिड्ने एक समूहले भारतको पञ्जाबमा प्रहरीको हात नै काटि दिएका छन् । पटियालास्थित तरकारी बजारमा चार जनाको समूहले आइतबार बिहान स्थानीय प्रहरी असई हार्जीत सिंहको हात काटिदिएका हुन् ।

प्रहरी टोलीले लकडाउनमा सवारी चलाउन पाउने पास नभएको भन्दै उनीहरुलाई रोक्दा उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । उक्त आक्रमणमा सिंहको हात काट्दा अन्य प्रहरी अधिकारीको पनि काँध, कुहिनो तथा खुट्टामा चोट लागेको भारतीय संचार माध्यमहरुले जनाएको छ ।

पटियालाका एसएसपी मन्दी सिंह सिद्दुका अनुसार आक्रमण गर्ने चारविरुद्ध मुद्दा दायर गरि पक्राउको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्