Logo

आत्महत्या गर्न गंगामा हाम्फालेकी आमा पौडेरै फर्किइन्, ५ बच्चा भने बेपत्ता !



Spread the love

एजेन्सी। भारतको उत्तर प्रदेशमा आफ्ना ५ बच्चासहित गंगामा हाम्फालेकी महिला पौडेर फर्केकी छन् भने बच्चाहरु डुबेर बेपत्ता छन् ।

गोपीगन्ज थानाक्षेत्रको जहान्गीरावाद गाउँ निवासी मृदुल यादव उर्फ मुन्नकी पत्नी ३६ वर्षीया मञ्जु यादव शनिबार अबेर राति आफ्ना तीन छोरी र दुई छोरासहित आत्महत्या गर्ने मनसायले यी महिला गंगामा हाम्फालेकी थिइन् । तर, पौडेर फर्कन सफल भइन् ।

नदीमा डुबेका बच्चाको खोजीमा गोताखोर र प्रहरी सक्रिय छन् । यी महिलाले पतिसँग झगडा परेपछि आत्महत्याको मनस्थितीमा पुगेको आरोप लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्