Logo

नयाँ वर्षको नयाँ संकल्प – विगतका नराम्रा दिनबाट पाठ सिकेर नयाँ सुरुवात गरौँ !



Spread the love

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ ।यस दिन विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।

र हामी धेरैले नयाँ वर्षमा यो गर्छु, उ गर्छु भनेर सङ्कल्प लिने दिन। नयाँ लक्ष्य र आफूमा रहेका कमी कमजोरी सुधार्नेबारे सङ्कल्प गरेर नयाँ शुरुवात गर्ने दिन।त्यो आफू स्वस्थ्य बन्ने भन्ने वा पैसा बचाउने भन्नेबारे हुनसक्छ। अथवा तपाईँलाई नयाँ सोख शुरु गर्न मन छ या कुनै कुरा पूर्ण रुपमा छोड्न मन छ? त्यो पनि हुन सक्छ। कम्तीमा जीवनलाई सार्थकता दिनका लागि कसैले केही न केही गर्नेछन् । भलै त्यो कति सफल र व्यवहारिक हुनेछ ।

अहिले हामी यस्तो घडीमा छौं कि, उल्लासमय ढंगले नयाँ बर्ष मनाउन मानविय स्वभावले दिनेछैन । परिवारसँग सामान्य हिसाबले रमाइलो गर्नु आफ्नो ठाउँमा छ, तर तामझामका साथ नयाँ बर्ष मनाउने योजना बनाउने मुड पक्कै हुनेछैन ।

वैश्विक संकटको यो क्षणमा हामीलाई तामझाम र तडकभडक सुहाउँदैन पनि । यद्यपि नयाँ बर्षका लागि केही प्रण गर्न सकिनेछ । केही नयाँ सुरुवात गर्न सकिनेछ । तर, के गर्ने ?
विफलताबाट पाठ सिक्ने
यदि सङ्कल्प पुरा गर्न कठीन भइरहेको छ भने केही समय लिएर समीक्षा गर्नुपर्‍यो। के अवरोधहरू सामना गर्नुपर्‍यो? कस्ता रणनीतिहरू सबभन्दा प्रभावकारी रहे? कुन कम प्रभावकारी रहे?यथार्थवादी बन्ने प्रयत्न गर्नुस र सानै भएपनि सफलता प्राप्त भए खुशी हुनुस्।
निश्चित हुनुहोस्
हामी कार्यान्वयन योजना नबनाइकनै लक्ष्य निर्धारण गर्छौं। निश्चित योजना र गर्न सकिने लक्ष राख्यो भने काम गर्ने मनसायको कुरा मात्र नभएर त्यो कसरी कार्यान्वयन गर्ने भन्ने पनि निश्चित हुन पुग्छ।
सानोबाट शुरु गर्नुहोस
पुरा हुन सक्ने लक्ष्य राखेमा सफल हुने सम्भावना बढी हुन्छ।
छिटै पूरा हुने लक्ष राख्ने भनेको होइन की दूरगामी परिणामका लागि आफ्ना सङ्कल्पहरू कसरी पुरा गर्ने भन्ने महत्त्वपूर्ण हो।
आफूलाई रुचि भएका क्षेत्रमा
त्यसैले आफूलाई रुचि भएको वा रोमाञ्चक कुनै सङ्कल्प छन् भने पहिलो दिनदेखि नै विस्तृत योजना बनाएर लागिहाल्नुहोला। अगाडि बढ्दा अवरोधहरू आउन सक्छन् तीसँग जुझ्न सहयोग लिन डर नमान्नुहोला।

भोलिका दिनमा संकटहरु देख्न र झेल्न नपरोस भन्नका लागि नयाँ बर्षमा हामी रुख रोपौं । यो एक सुरुवात हुनेछ, नयाँ संस्कारको । भोलिका दिनमा हरेक नयाँ बर्षमा रुख रोप्ने संस्कृति नै विकास भएर गएमा वा हाम्रा सन्ततीले त्यसको अनुसरण गरेमा कति राम्रो हुनेछ !

प्रतिक्रिया दिनुहोस्