Logo

लकडाउन लगाउने राज्यको निर्णयविरुद्ध उत्रँदै ब्राजिलियन राष्ट्रपति



Spread the love

एजेन्सी ।ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ भने २० हजार भन्दा बढी संक्रमित भएका छन् ।

ब्राजिलका धेरैजसो राज्यले सामाजिक दुरी र होम क्वारेन्टाइनजस्ता उपाय लागू गरेको छ तर देशका राष्ट्रपति जेयर बोल्सोनारो भने यसको विरोध गरिरहेका छन् । उनले व्यवसाय खोल्नका लागि केन्द्रलाई एउटा आदेश जारी गर्न पनि धम्की दिएका छन् ।

आफ्नै सरकारको सिफारिसलाई वाहियात बताउँदै दक्षिणपन्थी नेता आफै गुड फ्राइडे मनाउनका लागि सडकमा निस्किए र मानिसहरुसँग भेटघाट गर्न थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्