Logo

भारतमा कोरोनाले भयावह रूप लिँदै, एकै दिन ३९ जनाको मृत्यु



Spread the love

एजेन्सी । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शनिबारमात्र भारतमा ३९ जनाको मृत्यु भएको छ भने ८ सय बढी नयाँ संक्रमित थपिएका छन्। पछिल्लो तथ्याङ्अनुसार एकैदिन भारतमा ८ सय ४६ जनामा कोरोनाको संक्रमण भेटिएको थियो।

योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या २८८ पुगेको छ । हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ । पछिल्लो समय भारतमा तीब्र रुपमा कोरोना भाइरस फैलिएको छ ।

भारतमा संक्रमितमध्ये ९६९ जना उपचारपछि निको भएका छन् । ७ हजार १८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्