Logo

कोरोना अपडेट: यस्तो छ एसिया लगायत विभिन्न महादेशको अवस्था



Spread the love

३० चैत, काठमाडाैँ ।  चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस यतिबेला विश्वको २ सय १० देशमा फैलिसकेको छ । २ सय १० देशका १ लाख ८ हजारभन्दा बढीको मृत्यु कोरोनाले गर्दा भइसकेको छ ।

युरोप

एसियन मुलुक चीनबाट फैलिएको भए पनि यो भाइरसले सबैभन्दा क्षति युरोपमा गरेको छ । अहिलेसम्म युरोपमा मात्रै कोरोनाबाट ७३ हजार ६ सय २५ जनाले ज्यान गुमाएका छन् । त्यसै गरी युरोपमा अहिलेसम्म ८ लाख ५२ हजार ८ सय ९९ जना कोरोनाबाट संक्रमित भएका छन् ।

उत्तर अमेरीका

युरोपपछि कोरोनाबाट सबैभन्दा प्रभावित महादेश उत्तर अमेरीका रहेको छ । सो महादेशमा अहिलेसम्म २१ हजार ७ सय ९२ जनाले ज्यान गुमाउँदा ५ लाख ६८ हजार ९ सय ५१ जना कोरोना संक्रमित भएका छन् । उत्तर अमेरीकाको पनि अमेरीका सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । त्यहाँ अहिलेसम्म २० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

एसिया

कोरोना भाइरसको उत्पत्ति नै एसियन मुलुक चीनबाट भएको हो । तर उत्तर अमेरिका र युरोपमा जति क्षति भने कोरोनाले एसियामा पुर्याएको छैन । अहिलेसम्म कोरोनाले एसियामा १० हजार ५ सय ९७ जनाको ज्यान लिएको छ भने २ लाख ८७ हजार २ सय ८३ जना कोरोना संक्रमित भएका छन् ।

दक्षिण अमेरीका

दक्षिण अमेरीकी मुलुकहरूमा कोरोना त्यति व्यापक रूपमा फैलिएको छैन । तर, यो महादेशमा अहिलेसम्म १ हजार ९ सय ४७ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् । त्यसै गरी यहाँ ४८ हजार ६९ जना कोरोनाबाट संक्रमित भएका छन् ।

अफ्रिका

अफ्रिकामा कोरोनाको अवस्था अहिलेसम्म सामान्य नै रहेको छ । यो सामग्री तयार पार्दासम्म अफ्रिकामा ७ सय ४५ जनाको मृत्यु भएको छ भने १४ हजार २ सय २० जना कोरोनाबाट संक्रमित भएका छन् ।

ओसियनिया

ओसियनियाका जम्मा २ वटा देशका मानिसले मात्रै कोरोनाका कारणले ज्यान गुमाएका छन् । तर संक्रमित भने ६ वटै देशमा रहेका छन् । ओसियनियामा अस्ट्रेलियामा ५६ र न्यु जिल्याण्डमा ४ जना गर्दा जम्मा ६० जनाको मृत्यु भएको छ । ओसियनियामा अहिलेसम्म ७ हजार ७ सय २० जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्