Logo

लकडाउनपछि क्षमापूजा गरेर सुरु गरिने रातो मच्छिन्द्रनाथको जात्रा



Spread the love
फाइल तस्बिर

२८ चैत, काठमाडौं । शुक्रबारदेखि ललितपुरमा सुरु हुने रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको रथयात्रा निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारीका कारण स्थगित भएको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने गुठी संस्थान र ज्यापु समाजले विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्