Logo

कोरोनाको महामारी – अमेरिकामा एकैदिन १९ सयको मृत्यु, २४ घन्टामा ३३ हजार भन्दा बढी संक्रमित



Spread the love

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १६ लाखको हाराहारीमा पुग्दा मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ ।

संक्रमितको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ। पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन्। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्