Logo

भारतमा कोरोना तीव्र रूपमा फैलिँदै, ६ हजार भन्दा बढी सङ्क्रमित



Spread the love

एजेन्सी । भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । विहीबारमात्रै कोरोनाका कारण ४८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ८०९ जना नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई सय २७ पुग्दा संक्रमित हुने मानिसको समग्र संख्या छ हजार सात सय २५ पुगेको छ ।

कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण विश्वमा झण्डै ९६ हजार व्यक्तिको ज्यान गइसकेको छ । कोरोनाबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । बितेको २४ घण्टामा सात हजार १९७ जनाको कोरोनाबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्