Logo

दैनिक दुई सयले तातो पिच कुल्चदै यात्रा थाल्छन्



Spread the love

काभ्रेपलाञ्चोक। सप्तरीको रुपनी गाउँपालि जान लतिलपुरको कुपण्डोलबाट मंगलबार बिहान ३ं.०० बजे हिड्नु भएको सोनावती चौधरी काभ्रेपलाञ्चोकको बनेपा आइप्ुग्न झण्डै आठ घन्टा लाग्यो ।

आठ बर्षमुनीका दुईओटा छोराछोरीलाई कहिले बोकेर र धेरै पटक हिडाएर बनेपासम्म आइपुगेकी सोनावतीलाई सप्तरी कति दिनमा पुगिन्छ भन्ने थाहा छैन । तर जति दिन लागेपनि सप्तरीमा प्ुग्ने अठोट बोकेर हिडेको बताउनुहुन्छ ।

श्रीमान घर बनाउने काम गर्ने भएकाले सरकारले लकडाउन गरेपनि काम गर्न पाइने आशा बनाएर दुई सातासम्म शहरमै बसेपनि भोकभोकै मर्ने चिन्ताले सप्तरीसम्म हिडेको सोनावतीले सु्नाउनुभयो ।

‘सोनावती दिदी जाने भनेपछि म पनि दिदीसँगै हिडेको छु’सप्तरीको रुपनी गाउँपालिकाकै सुनिता चौधरीले भन्नुभयो । गाडीमा १० घन्टामा आइपुगिन्थ्यो अब हिडेर कति समयमा पुग्ने हो त्यसको केही भेग सुनितालाई थाहा छैन । नेपाल सरकारले दिएको तीन किलो चामलले छाक नटर्ने देखेपछि छोराछोरी बोकेर सुनिता डेराबाट निस्कनु भएको छ ।

सप्तरी र सिरहा स्थायी घर भएर कुपण्डोलमा बस्दै आउनु भएका ४० जनाको समूह मंगलबार बनेपा आइपुगेको हो । रामनान्द चौधरी उमेरले पाको भएकाले सप्तरीसम्म जाने यात्राको ‘कमाण्डर’ बन्नु भएको छ ।

‘सप्तरीको कल्याणपुरसम्म लिएर जाने लक्ष्य बोकेर हिडेको छु यो बाटो पहिलो पटक यात्रा गरेकाले त्यस बारे धेरै जानकारी छैन’रामानन्दले सुनाउनुभयो । उहाँहरुको समुहमा कक्षा १२ मा पढ्ने सुनिलकुमार ठाकुरले समेत साथ दिनुभएको छ । घरवाट बुबाले पठाउनु भएको पैसा सकिए पछि हिडेरै गाउँ जाने अठोट बोकेर हिडेको बताउनुभयो ।

लकडाउन कहिलेसम्म जाने ठेगान नभएपछि आफूहरु हिडेर जान लागेको उनीहरुको भनाइ छ । तर हिडेर कसरी जाने कहाँ के खाने भन्ने बारे उहाँहरुलाई केही ज्ञान छैन । बाटोमा पानी भेटिए खाने र कसैले केही खुवाएमा खाने हैन भने भोकभोकै भएपनि घरसम्म पुग्ने योजनाले अघि बढेको उहाँहरु बताउनुहुन्छ ।

उहाँहरुमात्रै हैन काठमाडौं, भक्तपुर र ललितपुरमा श्रमिकहरु पैदलै हिडेर तराइसम्मको यात्रा सुरु गर्नुभएको छ । काभ्रेको बाटोहुँदै बिपी राजमार्गवाट दैनिक दुईसयभन्दा धेरैले यात्रा गर्ने गरेको नमोबुद्ध नगरपालिकाका स्थानीय विकास खनालले बताउनुभयो । उहाँले भन्नुभयो, धेरै जना असाध्यै समस्यामा पर्न्ुभएको छ ,सकेको खाना र पानीको व्यवस्था मिलाउने प्रयास गरेका छौ ।
प्रहरीले समेत बाटोमा हिडेर आउनेहरुलाई खाना तथा पानीको व्यवस्थापन गर्ने गरेको छ । बनेपाका व्यवसायी सूर्य श्रेष्ठले केहीदिनदेखि आफ्नो पानस पाटी प्लोससवाट सडकमै खानाको व्यवस्था गर्नुभएको छ ।

काभ्रेकै रोशी गाउँपालिकाले समेत आफ्नो सिमानादेखि सिन्धुली जिल्लाको सिमानसम्म अलपत्र परेका यात्रुहरुलाई पु¥याउने र खाना र खाजाको प्रवन्ध समेत मिलाउनु भएको छ । गाउँपालिका अध्यक्ष डिबी लामाले खाना र बस्ने व्यवस्थापन गरेको बताउनुभयो । ‘बाटोमा हिड्दा हिड्दै ढल्छन् प्राथमिक उपचारमा समेत सहयोग गरेको छु’ अध्यक्ष लामाले भन्नुभयो ।

दिउँसो गर्मी हुने भएकाले अधिकाशं तराइसम्म जानको लागि रातको समय धेरै प्रयोग गर्छन् । तर केटाकेटी र महिलाहरु भने दिउँसो हिडेर रातको समयमा सडकमै भएपनि बास बस्ने गरेका छन् ।
इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बनेपा ह्ुँदै दैनिक ६० भन्दा धेरै र कुशादेवीवाट पनौतीहुँदै नमोबुद्ध निस्किएर ५० भन्दा यात्रुहरु तराइका जिल्लाहरुमा जाने बताउनुभयो । ‘सकेसम्म सुरक्षित रुपमा सामाजिक दुरी बनाएर हिड्न अनुरोध गरेका छौ’प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्