Logo

लकडाउन उल्लङ्घन गर्दा गयो न्युजिल्यान्डका स्वास्थ्यमन्त्रीको पद



Spread the love

एजेन्सी । कोरोनाको सन्त्रासलाई ध्यानमा राखेर गरिएको लकडाउन उल्लङ्घन गरेको भन्दै न्युजिल्यान्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कलाई बर्खास्त गरिएको छ । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डनले मंगलबार उनलाई अहिले पदमुक्त गरिएको जानकारी दिएकी छन् ।

राज्यले घोषणा गरेको लकडाउन उल्लङ्घन गरी स्वास्थ्यमन्त्री क्लार्कलाई आफ्नो परिवारसहित कारमा समुद्री तटमा घुम्न गएको आरोप लगाइएको छ । प्रधानमन्त्री जसिन्डाले यस्तो महामारीको समयमा मन्त्री क्लार्कको उक्त कदम निकै गलत भएको दाबी गर्दै मन्त्रीबाट बर्खास्त गरिएको प्रस्ट पारेकी छन् ।

न्युजिल्यान्डमा मार्चको सुरुदेखि ४ हप्ताको लागि लकडाउन घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्