Logo

कालोबजारीको आरोपमा शंकर ग्रुपका मालिक नक्सालबाट पक्राउ



Spread the love

२५ चैत, काठमाडौं । कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार शंकर ग्रुपका मालिक अग्रवाललाई नक्सालबाट पक्राउ गरेको हो।

उनिमाथि तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोप रहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । उनी जगदम्बा सिमेन्ट र स्टिल्सका सञ्चालक पनि हुन्। शंकर ग्रुपले हालै मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्