Logo

झुटको पराकाष्ठा : सवारी पास लिन आमाको मृत्यु भएको झुटो विवरण पेस



Spread the love

काठमाडौं । कोरोनाको सन्त्रासलाई ध्यानमा राखेर नेपाल सरकारले पनि देशैभर लकडाउन गरेको छ । योसँगै मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्न कठिन देखिएको छ । त्यसैबीच झुटो विवरण दिएर सवारी पास लिने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिभाग पुल्चोकको टोलीले सप्तरी सुरुङ्गा नगरपालिका शुभनारायण चौधरी, जितेन्द्र प्रसाद चौधरी र नरेश चौधरीलाई नियन्त्रणमा लिएको हो।

उनले आमाको काजकिरिया गर्ने गाउँ जानुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सवारी पास लिएका थिए । तर सोमबार ललितपुर प्रहरीले ३० जना यात्रु कोचाकोच गरेर जान लागेको देखेपछि बसलाई नियन्त्रणमा लिएको थियो । कोरोनाको महामारी र जारी लकडाउनका कारण प्रशासनलाई झुक्याएर उनिहरु गाउँ जान खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले दुई साताअघि लगाएको लकडाउन लम्बाएर बैशाख ३ गतेसम्म पुर्‍याएको छ। सरकारले जनतालाई घरबाहिर ननिस्कन आग्रह गरेपनि लगातारको लकडाउन र आर्थिक संकटले राजधानीबाट मानिसहरु गाउँ फर्कन खोजिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्