Logo

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रिएपछि सारियो आइसीयूमा



Spread the love

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा आइसीयूमा सारिएको छ । कोरोनाका लक्षणहरू बिग्रदै गएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ ।

उनलाई आइतबार नियमित चेकजाँचको क्रममा सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । जोनसोनले अस्पताल भर्ना हुनु अघिसम्म प्रधानमन्त्री पदको जिम्मेवारी आइसोलेशनमै रहेर सम्हालिरहेका थिए तर अब आफ्नो जिम्मेवारी विदेशमन्त्री डोमिनिकलाई सुम्पेका छन्।

प्रतिक्रिया दिनुहोस्