Logo

फिलिपिन्समा कोरोनासम्बन्धी नियम उलङ्घन गर्नेमाथि गोली प्रहार



Spread the love

एजेन्सी । फिलिपिन्समा मकै काट्ने हतियार देखाउँदै धम्क्याउने एक ६३ वर्षीय वृद्धमाथि शनिबार प्रहरीले गोली चलाउँदा मृत्यु भएको छ । अगुसान डेल नोर्टेस्थित नासिपिट गाउँमा राखिएको चेकप्वाइन्टमा ती वृद्धले गाउँका अधिकारी र प्रहरीलाई धम्काएपछि बाध्य भएर गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।

‘मास्क नलगाएकोमा गाउँका स्वास्थ्य अधिकारीले ती व्यक्तिलाई चेतावनी दिएका थिए,’ प्रहरीको रिपोर्टमा भनिएको छ, ‘तर, ती व्यक्ति रिसाएर अपशब्द प्रयोग गर्दै अधिकारीमाथि हतियार लिएर आक्रमणको प्रयास गरेका थिए ।’

कोरोनाभाइरससम्बन्धी नियम पालना नगरेकोमा प्रहरी कारवाहीबाट मारिने ती व्यक्ति पहिलो हुन् । यसअघि राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरस नियन्त्रणका नियमहरु तोड्नेलाई गोली हाने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्