Logo

धुलिखेल अस्पतालमा महिलाको मृत्यु, कोरोना संक्रमणको शंका



Spread the love

२३ चैत, काभ्रे – धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु भएको छ । आजै अस्पताल भर्ना भएकी उनलार्इ अस्पतालले मृत घोषणा गरेको हो ।

अस्पतालमा मृत्यु भएकी महिला पनौतीकी ४८ वर्षीया मधुमाया तामाङ रहेको अस्पतालले बताएको छ । अस्पतालले बताए अनुसार महिलालाई उच्च ज्वरो आएको र पेट तथा टाउको दुख्ने समस्या आएपछि भर्ना भएकी थिइन् ।

मृत महिलाको स्वाब परीक्षणका लागि टेकु पठाइएको छ भने मृतककी छोरी चैत ३ गते कतारबाट नेपाल आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्