Logo

कोरोनाको प्रकोप – इटलीमा घट्न थाल्यो गम्भीर बिरामीको संख्या



Spread the love

एजेन्सी । विश्वभर कोरोनाको सन्त्रास फैलीरहदा महामारीका कारण इटलीमा सबैभन्दा धेरै मृत्यु भएको छ । इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा १५ हजार ३ सय ३२ जनाको मृत्यु भइसकेको छ । तर , शनिबार लामो समयपछि इटलीमा आशाको पहिलो किरण देखा पर्न थालेको छ ।

इटलीका जनताको सुरक्षा गर्ने निकाय सिभिल प्रोटेक्सन डिभिजन (नागरिक सुरक्षा विभाग)का प्रमुख एन्जेलो बोर्रेलीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरुको संख्या शनिबार ७४ जनाले कमी आएको छ । अघिल्लोपटक अस्पतालहरुमा गम्भीर अवस्थाका बिरामीको संख्या ४ हजार ६८ थियो तर शनिबार घटेर ३ हजार ९ सय ९४ भएको बोर्रेलीले बताएका छन् ।

इटालियन सरकारको साइन्टिफिक काउन्सिलका प्रमुख फ्रान्को लोकतेलीले क्रिटिकल बिरामीको संख्यामा कमी एउटा महत्वपूर्ण संकत भएको बताएका छन् । इटलीमा नयाँ संक्रमितको संख्यामा पनि कमी आइरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्