Logo

अमेरिकी नागरिकहरूलाई मास्क लगाउन स्वास्थ्य निर्देशनको सुझाव, ट्रम्पले भने मास्क नलगाउने



Spread the love

एजेन्सी । अमेरिकामा जारी नयाँ स्वास्थ्य निर्देशनमा नागरिकहरूलाई मास्क लगाउन सुझाव दिएको भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू मास्क नलगाउने बताएका छन्।

ट्रम्पले भने, ‘तपाईंहरुले मलाई मेरो ओभल अफिसमा राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीको स्वागत गर्दा मास्क लगाएको देख्न सक्नुहुन्नँ ।’

नयाँ शोध अनुसार अनुहार नढाके। जुन लापरवाही गरिएको छ, त्यसका कारण पनि संक्रमण फैलिरहेको छ ।अमेरिकी जनतालाई सार्वजनिक स्थानमा आफ्नो अनुहार सफा कपडाले ढाक्न आग्रह गरिएको छ ।

अमेरिकामा कोरोना सङ्क्रमणबाट सात हजारभन्दा बढीको ज्यान गुमाईसकेका छन् । २ लाख ८० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्