Logo

कोरोनाको संकटबाट बच्न कम्तिमा ६ हप्ता लकडाउन आवश्यक – अध्ययन



Spread the love

एजेन्सी । विश्वव्यापी रूपमै महामारीको रुप लिएको कोरोना भारइसको थप संक्रमण नहोस् भन्दै नेपाल सरकारले चैत ११ देखि २५ गते सम्मका लागि देशभरि लक डाउन गरेको छ।

धेरै मानिसहरूमा लक डाउन फेरि थापिएला भन्ने डर का साथै चासोको विषय पनि बनिरहेको छ । एक अध्ययनले तपाईंहरूले घरभित्रै बस्नु पर्ने दिन अझै केही साता लम्बिन सक्छ किनकी कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा राख्ने हो भने कम्तिमा पनि छ हप्ता लक डाउन गर्नु पर्ने देखाएको छ।

उक्त अध्ययनको अनुसार, महामारी रोक्न एकदमै कडा खालका कदमहरू चालेका देशले तीन हप्तापछि महामारीलाई मध्यमस्तरको बनाउन सक्छन्। एक महिनामा संक्रमणको फैलावट रोक्न सक्छन् भने ४५ दिनपछि महामारीलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन्।उक्त अध्ययनले कडा कदमभित्र पूर्ण लक डाउन, व्यापक परीक्षण र क्वारेन्टिनमा राख्ने कुराहरू उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्