Logo

कुकुर र बिरालोको मासुमा चीनले लगायो प्रतिबन्ध



Spread the love

२१ चैत, एजेन्सी – चीन सरकारले कुकुर र बिरालोको मासु खानमा प्रतिबन्ध लगाएको छ । तर, यो प्रतिबन्ध भने चीनको शेन्जेन शहरमा मात्रै गरिएको छ ।

शेन्जेन कुकुर र बिरालोको मासु प्रतिबन्धित हुने पहिलो शहर भएको छ । कोरोना भाइरस बाहिरीए पछि अन्य कुनै भाइरसको संक्रमण मानव जातिमा नपरोस् भनेर यस्तो प्रतिबन्ध लगाएको बताइएको छ ।

“कुकुर र बिरालोलाई चीनियाँ नागरीकले अत्यन्तै नजिकको जनावरको रूपमा हेर्छन् । घरपालुवा जनावर भएका कारण चिनियाँहरू कुकुर र बिरालोको मासु खान त्यति मन पराउँदैनन्” शेन्जेनका गभर्नरले रोयटर्सको रिपोर्मा भनेका छन् ।

चिनियाँ पशु अधिकारी कर्मीहरूले सरकारको यो कदमको उच्च प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्