Logo

इजरायलका स्वास्थ्यमन्त्री र उनकी पत्नीलाई पनि कोरोना संक्रमण



Spread the love

२० चैत, एजेन्सी । इजरायलका स्वास्थ्यमन्त्री याकोब लित्जमेन र उनकी पत्नी कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाबाट संक्रमित भएपछि दुबै जना आइसोलेसनमा छन् ।

इजरायलका स्वास्थ्य मन्त्रालयले बिहीबार स्वास्थ्यमन्त्री र उनकी पत्नी कोरोना संक्रमित भएको जानकारी गराएको थियो । दुबैजना अहिले आइसोलेसनमा बसी नियमलाई पालना गरिरहेका छन् ।

याकोब इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका नजिकका सहयोगी मानिन्छन् ।

इजरायलमा कोरोनाका ६ हजारभन्दा बढी संक्रमित छन् भने ३३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्