Logo

च्याम्पियन्स लिग- हाल्याण्डको नक्कल उतार्दा यूईएफएद्वारा नेयमारलाई चेतावनी



Spread the love

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ब्राजिली फरवार्ड नेयमारलाई खेल भावना विपरित क्रियाकलाप गरेको भन्दै औपचारिक रुपमा चेतावनी दिएको छ ।च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाईनलको दोस्रो लेगमा डर्टमण्डविरुद्ध गोल गर्ने क्रममा नेयमारले विपक्षी टोलीका इर्लिङ हाल्याण्डको नक्कल गरेर मजाक उडाएका थिए ।

डर्टमण्ड विरुद्ध देखाएको सोही ब्यवहारलाई लिएर पीएसजीले औपचारिक रुपमा नेयमारलाई सचेत गराएको हो । जर्मन क्लबविरुद्ध गोल गरे लगत्तै नेयमारले हाल्याण्डको गोलको नक्कल गर्दै मजाक उडाएका थिए ।

घटनालाई लिएर युरोपेली फुटबल महासंघ (यूईएफए)ले पीएसजीलाई समेत चेतावनी दिएको छ । उक्त खेलमा नेयमारमाथि खराब फल गरेका इम्री कान ८९ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्