Logo

जम्मु कश्मिरमा दुई नागरिकको गोली हानी हत्या



Spread the love
गोली हानी हत्या « Arun Post

एजेन्सी । कोरोना संकटको बीचमा पनि जम्मु कश्मिरमा आतंक फैलिएको छ । कुलग्राममा बुधबार राति आतंककारीहरुले दुई नागरिकको गोली हानी हत्या गरेका छन् ।

हत्यापछि सुरक्षाकर्मीहरुले आतंककारीहरुको खोजतलाशमा लागिरहेका छन् । जम्मु कश्मिरको प्रहरीका अनुसार बुधबार राति ११:२० बजे कुलग्राममा घटना घटेको सूचना पाएका थिए । लाशलाई पोस्टमार्टमको लागि पठाइएको छ ।

मर्नेहरुमा अली मोहमद र अब्दुल वहाब वागे रहेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । जम्मु कश्मिरमा कोरोनाको अवस्था जम्मु कश्मिरमा कोरोनाबाट संक्रमित हुनेहरुको कुल सङ्ख्या ६२ पुगेको छ । जसमध्ये दुई मानिसको ज्यान गइसकेको छ भने दुई जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्