Logo

चीनबाट विवादास्पद स्वास्थ्य सामाग्री ल्याउने समूहसँग सम्झौता रद्ध, ५ करोड धरौटी जफत



Spread the love

१९ चैत, काठमाडौं । सरकारले चीनबाट विवादास्पद स्वास्थ्य सामाग्री ल्याउने ओम्नी समूहसँग स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध गरेको छ ।

ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको साथै विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । 

आइतबार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री ल्याएको थियो । महानिर्देशक महेन्द्र श्रेष्ठले समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन नसकेको र आगामी दिनमा पनि ल्याउन सक्ने कुनै सम्भावना नरहेपछि सम्झौता रद्ध गर्नुपरेको बताएका छन् । 

अब बिहीबार नयाँ प्रक्रिया सुरु गर्ने र ५ दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

विवादास्पद स्वास्थ्य सामाग्री खरिदलाई लिएर सरकारको चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्