Logo

डाक्टर दम्पत्तिलाई नै कोरोना भाइरसको संक्रमण



Spread the love

एजेन्सी । पछिल्लो समय भारतमा स्वास्थ्यकर्मीहरूलाई नै कोरोना भाइरसको संक्रमण देखिन थालेको छ।

मंगलबार सरदार वल्लभभाइ पटेल अस्पतालका एक ३२ वर्षीय डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको छ। मार्च २६ मा शफ्दारजंग अस्पतालको बायोकेमेस्ट्री विभागका काम गर्ने उनकी श्रीमतीमा पनि कोरोना भाइरस देखिएको थियो। दिल्ली स्टेट क्यान्सर इन्स्टिच्युटका अर्का वरिष्ठ डाक्टरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ।

प्रतिक्रिया दिनुहोस्