Logo

गुगलले यस वर्ष ‘अप्रिल फुल’ नमनाउने



Spread the love

एजेन्सी । यस वर्ष गुगलले ‘मुर्ख दिवस’ नमनाउने भएको छ । कोरोना भाइरसको महामारीका बीच गुगलले आफू गम्भीर रहने बताउँदै यस्तो निर्णय गरेको हो ।

‘कोभिड–१९ महामारीसँग लडिरहेका प्रत्येक व्यक्तिको सम्मानका लागि यस वर्ष हाम्रो परम्परालाई स्थगित गरौं । हाम्रो सबैभन्दा ठूलो उद्देश्य भनेको मानिसहरुलाई सकेसम्म सहयोग गर्नु हो । त्यसकारण हाम्रो ठट्टा अर्को वर्षको अप्रिलसम्मका लागि जोगाएर राखौं,’ गुगलका मुख्य बजार अधिकारी लोरेन टुहिलले बताए ।

प्रतिक्रिया दिनुहोस्