Logo

काठमाडौंका यी स्थानबाट आज नेपाल ग्यास वितरण हुँदै



Spread the love

१९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले आजदेखि ६ स्थानबाट ग्यास वितरण गर्दैछ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्ने भएको कम्पनीले जनाएको छ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्