Logo

“दोश्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो चुनाैति कोरोना”



Spread the love

१९ चैत, एजेन्सी – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोरोना संक्रमण दोश्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनाैति भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले प्रक्षेपण गरेको सामाजित आर्थिक प्रभावबारेको प्रतिवेदनमा बोल्दै उनले विश्वयुद्ध पछि सबैभन्दा ठूलो चुनाैति कोरोनाले ल्याएको बताएका हुन् ।

दिन प्रतिदिन आक्रामक हुँदै गएको कोरोनाले विश्व नै थकित जस्तै देखिएको छ । करिब ८० प्रतिशत जनसंख्या घरमै कैद भएका छन् भने विश्वको अर्थ व्यवस्था नै तहसनहस हुँदै गएको छ ।

कोरोनाका कारण अहिलेसम्म ४२ हजार भन्दा बढीले ज्यान गुमाउँदा ८ लाख ५० हजार भन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्